काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ । बैठकबाट केही नियुक्ति, बढुवालगायतका निर्णय हुने सम्भावना रहेको छ । बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ ।…