काठमाडौं । नेपालमा बैकहरुको पहुँच पछिल्लो समय वृद्धि भए पनि ४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता रहेको देखिएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता छ । केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरु बैंक धाउँथे…