काठमाडौं । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई सर्लाही पुर्याईएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही पुर्याईएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला…