काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ…