काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि हालै ल्याएको बजेटले निर्माण उद्योगलाई उपेक्षा गरेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । राजधानीमा आयोजित अन्तरिक्रयामा महासंघले आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माण उद्योगमैत्री नभएको ठहर गरेको हो । अन्तरक्रियामा बजेटका विषयमा महासंघको धारणा राख्दै महासचिव रोशन दाहालले महासंघले लामो समयबाट उठाउँदै आएको भुक्तानीका बारेमा बजेटमा केही…