Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु, यात्रुहरुलाई आधिकारिक टिकट र परिचयपत्र अनिवार्य

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु, यात्रुहरुलाई आधिकारिक टिकट र परिचयपत्र अनिवार्य



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बन्द रहेका हवाई उडानहरू पुनः सुरु हुने जनाएको छ।

विषम परिस्थितिका कारण गत २०८२ भदौ २४ गतेदेखि स्थगित गरिएको हवाई उडानलाई आज २५ गते बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः सुचारु गर्ने निर्णय गरिएको हो।

विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन अनुरोध गरेको छ। साथै, विमानस्थल आउजाउ गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुपर्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्