काठमाडौं। अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जेड युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको हो ।
जेन जेड प्रतिनिधिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका भएपनि समूहभित्रै नेतृत्व कसलाई दिने भन्ने विवाद चर्किएको छ । यस्तो अवस्थामा आजको छलफलले नयाँ नेतृत्वको नाम फाइनल गर्ने अपेक्षा गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेन जेड प्रतिनिधिसँग बिहीबार बिहानदेखि छलफल हुने भएको छ । आजको छलफलले निर्णय गर्ने उनको विश्वास छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । जेन जेडको माग अनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेन जेडबाट प्रस्तावित पूर्वप्रधानन्यायधीश कार्कीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरिसकेका छन् । यस्तै, नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेन जे युवाका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईँ लगायतसँग पनि छलफल गरेका थिए ।