काठमाडौं । गोठाटारसहितका विभिन्न क्षेत्रमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकुल परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हाल आकासमा रहेका जहाजलाई मात्र अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू रोकिँदै विमानस्थल बन्द गरिँदै छ ।
विमानस्थललाई हाल नेपाली सेनाले सुरक्षा दिइरहेको र मुख्य गेटसमेत बन्द गरेर सबै गतिविधि रोक्ने तयारी भइरहेको अधिकारीले जानकारी दिएका छन् ।