Logo

आजदेखि काठमाडौं उपत्यकामा बैंकका आंशिक शाखा खुला, कति बजेसम्म खुल्छन् ?

आजदेखि काठमाडौं उपत्यकामा बैंकका आंशिक शाखा खुला, कति बजेसम्म खुल्छन् ?



काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैंकर्स संघले आंशिक शाखा खुला राख्ने निर्णय गरेसँगै बैंकका केही शाखा खुला भएको हो । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, ललितपुर र भक्तपुरमा पनि २/२ वटा शाखा खोल्ने निर्णय भएको उनले जनाएका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित कर्मचारीसहित संचालन हुने उनको भनाई छ । काठमाडौं बाहिरका शाखाहरू भने स्थानीय सुरक्षा निकायसँगको नजिकको समन्वयमा संचालन गर्न सकिने निर्णय भएको उनले जानकारी दिए । प्रत्येक जिल्लामा रहेको सुरक्षा निकायसँग समन्वय गरी बैंकले आफ्नै निर्णयअनुसार शाखा संचालन गर्न सक्ने उनको भनाई छ ।

यसैबीच, क्लियरिङ प्रक्रिया भने पुरै क्षमतासहित संचालन गरिने भएको छ । यसले गर्दा बैंकबीचको चेक कारोबार र भुक्तानी प्रणाली सहज हुने अपेक्षा गरिएको छ । सार्वजनिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवा खुला गरेको उनले जनाएका छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, इसेवा जस्ता डिजिटल प्रणालीलाई अझै मजबुत बनाउन निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्