Logo

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने

त्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो।

नयाँ नियम सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूमा लागू हुनेछ। अध्यागमन प्रक्रियाका क्रममा वा काउन्टरमा खादा, माला वा अन्य सजावटी वस्तु प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउने र प्रक्रिया ढिलो गराउने सम्भावना रहेकाले प्रतिबन्ध गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै, कुनै समूह, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको पहिचान झल्काउने पोसाक, टोपी, ब्याच वा अन्य सामग्री पनि पूर्ण रूपमा निषेध गरिएको छ। यस्तो पहिचानले यात्रुहरूबीच असमान व्यवहार देखिन सक्ने र सुरक्षामा असर पर्न सक्ने भएकाले निषेध गरिएको हो।

कार्यालयले नियमको पालना गरी अध्यागमन प्रक्रिया सहज बनाउन सबैमा अनुरोध गरेको छ। उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्