Logo

सेवा खाता ५२ अर्बले घाटामा, विदेश पढ्न विद्यार्थीले लगे १ खर्ब ४ अर्ब

सेवा खाता ५२ अर्बले घाटामा, विदेश पढ्न विद्यार्थीले लगे १ खर्ब ४ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिनासम्म नेपालको सेवा खाता घाटना झण्डै ५२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको उक्त अवधिसम्म खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

laxmi

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय अर्थात विदेश पढ्नका लागि नेपाली विद्यार्थीले लैजाने रकम १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय ७५ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL