Logo

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो



काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आव अर्था २०८१/८२ मा मात्रै नेपालले ९० अर्ब ९४ करोड रुपैयाँ सेवा आय घाटा व्यहोरेको छ ।

केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत गत आर्थिक बर्षभर भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुग्दा भ्रमण व्यय भने १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब रुपैयाँ माथि पुगेको छ । अर्थात विदेशीले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च अत्यधिक देखिन्छ ।

अघिल्लो वर्ष सेवा आय ८२ अर्ब ३३ करोड रहेको थियो । नेपालीले विदेशमा गरेका कुल २ खर्ब २३ अर्ब खर्चमध्ये शिक्षातर्पmको व्यय मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ८९ अर्ब ४३ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्