Logo

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा, महासचिवमा लामा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा, महासचिवमा लामा विजयी



काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८

वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८

प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

द्धितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८

महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८

सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४

कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(कोषाध्यक्षको बराबरी भएकाले आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति अनुसार काम भइरहेको)

सदस्य (विजयी)
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७

प्रतिक्रिया दिनुहोस्