Logo

मन्त्री आलेले अध्यक्ष नेपाललाई बुझाए राजीनामा, साढे ५ बजे पत्रकार सम्मेलन

मन्त्री आलेले अध्यक्ष नेपाललाई बुझाए राजीनामा, साढे ५ बजे पत्रकार सम्मेलन



काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाएलगत्तै मन्त्री आलेले आफ्नो राजीनामाबारे थप जानकारी साँझ साढे बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन् ।

laxmi

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए ।

एकीकृत समाजवादीको स्थायी कमिटीले जेठ २२ मा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

तर संसदमा बजेटमाथि छलफल चलिरहेको र अरु दलमा पनि मन्त्री फेर्ने दबाव बढेको भन्दै सत्तारुढ गठबन्धनमा तत्काल मन्त्री नफेर्ने तर बजेट अधिवेशनको समाप्ति पछि कार्यान्वयन गर्ने सहमति भयो । नेताहरुले त्यति बेला नै प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पास भएपछि मन्त्रीहरु हेरफेर गर्न सहमति भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL