Logo

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तार पनि आजै

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तार पनि आजै



काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।

मन्त्रिपरिषद् विस्तार हुँदै

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्