Logo

नेपाल टेलिकमको १९ औं बार्षिकोत्सव : दूरसंचार सेवालाई भरपर्दाे बनाउन जोड

नेपाल टेलिकमको १९ औं बार्षिकोत्सव : दूरसंचार सेवालाई भरपर्दाे बनाउन जोड



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै दूरसंचार सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् ।
उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशासकीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिएकी छन् ।

laxmi

मन्त्री शर्माले टेलिकमलाई समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिएकी छन् । विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको रहेको उनको भनाइ छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गति सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए। साथै नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्याउनुपर्ने उनको भनाई थियो ।

सो कार्यक्रमका विशेष अतिथि रहेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले नयाँ प्रविधिका रुपमा ईसिम को देशव्यापी वितरण गरिरहेको तथा भोवाईफाई सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । यसका लागि परीक्षण कार्य अन्तिम चरणमा रहेको उनको भनाई छ । यस्तै उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पुर्याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरे । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL