Logo

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’



काठमाडौँ । स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार प्रदान गर्न समर्पित गरिएको कम्पनीले जनाएको छ ।

laxmi

साना र मझौला उद्यमहरूले यस योजना अन्तर्गत अनलिमिटेड भ्वाइस कल, एसएमएस र डाटा प्याकहरू लगायतका लाभहरू प्राप्त गर्न सक्छन् ।

यस योजना अन्तर्गत कुनै पनि कम्पनीमा आबद्ध कर्मचारीहरूले भ्वाइस कल र एसएमएसको सीमित उपलब्धताको बारेमा चिन्ता लिनु पर्दैन । स्मार्ट एसएमइ कग प्लानमार्फत कम्पनीको सदस्यता भएको मोबाइल नम्बरहरु बीच कुराकानी गर्न असीमित भ्वाइस कलहरू प्रदान गर्दछ ।

कम्पनी तथा व्यवसायमा कार्यरत कर्मचारीहरूले नियमित सञ्चार र निर्धक्क कुराकानीको लाभ उठाउन सक्नेछन् । साथै, नियमित न्युज तथा अपडेटसमेत प्राप्त गर्न सक्नेछन् । मात्रै २ सय रुपैयाँको सुपथ मूल्यमा देशभरका प्रयोगकर्ताहरूले यस योजनामा निम्न लाभहरू प्राप्त गर्न सक्छन् :

– संस्थाभित्र असिमित भ्वाइस कल र एसएमएस
– ५जीबी डाटाप्याक (२जी र ४ जी)
– अफलाइन १५० मिनेट भ्वाइस कल
– अनलाइन १५० मिनेट भ्वाइस कल
– अफलाइन १५० एसएमएस
– अनलाइन १५० एसएमएस
– अनलाइन ३०० मिनेट भ्वाइस कल
– अनलाइन ३०० एसएमएस

प्रतिक्रिया दिनुहोस्
MBL