Logo

टेलिकमका कर्मचारीलाई मन्त्रीको निर्देशन, गुनासो बढी आयो फिल्डमा खटिएर काम गर्नुस

टेलिकमका कर्मचारीलाई मन्त्रीको निर्देशन, गुनासो बढी आयो फिल्डमा खटिएर काम गर्नुस



काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकममा कर्मचारी लाई फिल्डमा खटिएर काम गर्न निर्देशन दिएका छन । बिहीबार टेलिकमको १७ औँ बार्षिकोत्सवलाई संवोधन गर्दै उनले पछिल्लो समय टेलिकमको सेवाप्रति ग्राहकको गुनासो बढेको भन्दै कर्मचारीहरुलाई फिल्डमा खटिन निर्देशन दिएका हुन् ।

laxmi

उनले अफिसमा अर्थात काठमाडौंमै बसेर काम गर्नाले सेवाग्राहीको गुनासो बढी आएको र काम गराई नपुगेकाले दुरदराजको फिल्डमा खटिन आनाकानी नगर्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय धेरैजसो कर्मचारीहरु फिल्डमा खटिन नमान्ने र काठमाडौंमै एकत्रित हुन खोज्ने परम्पराको अन्त्य गरिनुपर्नै बताए । साथै पछिल्लो समय धेरै आउने गुनासोहरुलाई संवोधन गर्नेगरी भएपनि कर्मचारीहरु फिल्डमै खटिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै उनले आफुकहाँ प्राय टावरहरु नभएको गुनासो आईरहेको बताएका छन् । ‘मलाई आउने धेरै डेलिगेसनहरुमा टावरको डेलिगेसन प्रमुख हो,’ उनले भने, ‘टावरहरु किन बनेन ? काम गराई भएन या के भयो ?’

उनले नेपाल टेलिकमलाई सरकारले नै विश्वास गरेर विभिन्न ठुला आयोजनाको जिम्मेवारी दिएको बताए । तर जिम्मेवारी दिएको अवस्थामा काम नभएमा भने जिम्मेवारी दिएकोप्रति हित नहुने उनको भनाई छ । यस्तै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई ईंगित गर्दै प्राधिकरणले पनि यस्ता विषयहरुमा विशेष निगरानी राखेर काम अघि बढाउनुपर्ने बताएका छन् ।
यस्तै उनले नेपाल टेलिकमले पूर्वाधार सहप्रयोगका लागि पनि उत्तिकै मात्रामा काम तिव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले टेलिकमलाई एक विश्वस्तरिय ब्राण्ड बनाएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै अन्य कम्पनीको तुलनामा राम्रो प्रगति गरेको बताए । उनले सरकारी स्वामित्वका अन्य केही कम्पनीहरु विलय नै बनेर गएपनि नेपाल टेलिकमले भने आफ्नो छाप नछोडेको उल्लेख गरेका छन् । उनले पनि टेलिकमले आफ्ना पूर्वाधारहरुको सहप्रयोग भरपुर मात्रामा लिएर फाईदा लिन सकिने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले पछिल्लो १७ बर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको बताउँदै उक्त प्रगतिको समिक्षासमेत गरेका छन् । उनले आगामी दिनमा टेलिकमले हाल अघि बढाएका विभिन्न परियोजनाहरुलाई तत्काल सम्पन्न गर्नेगरी काम गर्ने बताए । यस्तै उनले कम्पनीको सेवाको मर्मतसम्भारलाई थप वैज्ञानिक र भरपर्दाे बनाई नेटवर्क पहुँचतालाई सहज बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनले कम्पनीको सेवालाई सस्तो बनाउन पूर्वाधार सहप्रयोगलाई विशेष ध्यान दिनेसमेत जानकारी दिए ।

टेलिकमले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा पूर्वकर्मचारी ५० जनालाई र व्यापारिक डिलरहरुलाई पनि सम्मान प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL