Logo

नेपाल दुरसञ्चार प्राधिकरणले माग्यो २७ कर्मचारी, उपनिर्देशक देखि सहायकसम्मलाई आवेदन खुला

नेपाल दुरसञ्चार प्राधिकरणले माग्यो २७ कर्मचारी, उपनिर्देशक देखि सहायकसम्मलाई आवेदन खुला



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले उपनिर्देशक सहित बिभिन्न १८ पदको लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले माग गरेको उक्त पदको लागि सहायक स्तरको लागि १८ बर्ष पुरा भएको तथा अधिकृत स्तरको हकमा भने २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्ने छ । तर महिला र अपाङ्गता उमेदवारको हकमा भने ४० बर्ष ननाघेको हुनु पर्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले माग गरेको उपनिर्देशक अधिकृत द्धतिय पदको लागि १ जना सहायक निर्देशक तृतिय पदको लागि १४ जना र सहायक प्रथम पदमा १२ जना गरि कुल २७ जनाको माग गरेको छ । सहायक निर्देशक खुलामा ५ जना, आदिबासी जनजातीमा २, महिला २, मधेसी २ र दलित कोटामा १ जना रहेको छ ।

त्यस्तै सहायकमा भने खुला तर्फ ६ जना, महिला १, आदिबासी जनजाती २, मधेसी २ र दलित कोटामा १ जना रहेको प्राधिकरणले जनाएको छ । दरखास्त दिने अन्तिम मिति भने सुचना प्रकासित भएको मितिले २१ दिन भित्र र दोब्बर दस्तुरको हकमा थप ७ दिन भित्र निवेदन दिनु पर्ने छ ।

दरखास्त दस्तुर प्राधिकरणको नबिल बैंकमा रहेको खातामा जम्मा गरेको रसिद सहित निवेदनका साथ पेश गर्नु पर्ने छ । दरखास्त आवेदन भने प्राधिकरणको वेवसाईट www.nta.gov.np बाट डाउनलोड गरी ए४ साईजमा प्रिन्ट गरी प्राधिकरणका कार्यालय कमलादिको मानव शंसाधन बिकास तथा आन्तरिक प्रशासन शाखामा बुझाउनु पर्ने छ ।

त्यस्तै आन्तरिक प्रतियोगिताको लागि भने बढुवा हुने पदको एक तह मुनी बसी कम्तिमा ५ बर्ष सेवा पुरा गरेको हुनु पर्ने छ । तर महिला, आदिबासी जनजाती अपाङ्गता, दलित, र पिछडिएको क्षेत्रमा जन्म भई बसोबास गरेको कर्मचारीको हकमा भने १ बर्ष कम भए पनि सम्भाब्य उमेदवार हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL