Logo

टेलिग्राम एप तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन, अनलाइन ठगी र मनी लाउण्डरिङमा दुरुपयोग

टेलिग्राम एप तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन, अनलाइन ठगी र मनी लाउण्डरिङमा दुरुपयोग



काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिहरू बढ्दै गएकाले नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ।

प्राधिकरणले शुक्रबार एक जरुरी सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप तत्काल बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सूचनामा भनिएको छ,‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ।’ प्राधिकरणले अनलाइन अपराध नियन्त्रण तथा साइबर सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्