Logo

असार ९ र १० गते किन बन्द हुँदैछ टेलिभिजन च्यानल ?

असार ९ र १० गते किन बन्द हुँदैछ टेलिभिजन च्यानल ?



काठमाडौं । नेपालमा लगातार २ दिन विदेशी टेलिभिजन च्यानलहरु बन्द हुने भएका छन । सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन संघले विदेशी च्यानलहरु नै बन्द गर्ने घोषणा गरेको हो ।

laxmi

नेपाल केवल टेलिभिजन संघका अध्यक्ष सुधिर पराजुलीले टेलिभिजनमा विदेशी च्यानल नचल्दा कस्तो असर पर्दछ भनी देखाउन ९ गते र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले आगामी हप्ताको सोमबार दिउँसो १२ बजेदेखि मंगलबार दिउँसो १२ बजेसम्म भारत लगायत अन्य देशका टिभी च्यानलहरु बन्द गर्ने बताएका हुन । सरकारले विज्ञापन ऐनमार्फत विज्ञापन रहित विदेशी च्यानल मात्रै चलाउन पाईने उल्लेख गरेको छ । तर त्यसले नेपालको आर्थिक अवस्थामा ठुलो क्षती हुने र विज्ञापन रहित च्यानलहरु भारत लगायतका देशहरुले चलाउन नमान्ने हुनाले यस्तै कदम चालिएको पराजुलीको भनाई छ ।

हाल नेपालमा विदेशी टिभी च्यानलहरुमध्ये ९५ प्रतिशत च्यानलहरु भारतीय च्यानल रहेका छन । जसमा ५ प्रतिशत जती च्यानलहरु भने सिङ्गापुर लगायतका देशले ओगटेका छन ।

ईन्डियन ब्रोडकास्ट फोरुम (आईबीएफ) ले नेपालमा विज्ञापनरहित टेलिभिजन च्यानलहरु चलाउन नसकिने तथा आर्थिक रुपमा पनि फाईदा जनक नहुने भन्दै मन्त्रालयमा पत्र पठाएको भएपनि सरकारले कुरा नसुनेको जस्तो गरेको अध्यक्ष पराजुलीको आरोप छ ।

सरकारले विज्ञापनमार्फत पनि नेपालबाट करोडौं रुपैयाँ बाहिरिने भन्दै क्लिनफिडको नियम ल्याउने गरी विज्ञापन ऐन संसदमा पेस गरेको छ । तर सरकारले लागु गर्न लागेको क्लिनफिडका बारेमा आफुहरुलाई जानकारी नै नदिईकन निर्णय गरेको उनको भनाई छ ।

भारतीय टेलिभिजन च्यानलहरुले विज्ञापन विना नेपालमा च्यानल चलाउन नसकिने भन्दै विभिन्न समयमा बताएपनि सरकारले उनीहरुको कुरा सुनेको छैन । तर सरकारले विज्ञापन विना टेलिभिजन च्यानलहरु चलाउन थाल्यो भने सबैजसो भारतीय टेलिभिजनहरु नेपालमा बन्द हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL