Logo

६ महिनामा एलजी ओएलईडी टिभीले ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल

६ महिनामा एलजी ओएलईडी टिभीले ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल



काठमाडौँ । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको कम्पनीले जनाएको छ ।

laxmi

मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ ।

परिचित ओएलईडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको कम्पनीको भनाई छ । एलजीले १ करोड टिभी युनिटको (ओएलईडी र एलसिडि) आक्रमक बिक्री गर्न सफल भएको छ । फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२% शेयरको खुद नाफा हासिल गरेको छ ।

कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३०% नाफा एलजी ओएलईडी मार्फत प्राप्त गरिरहेको छ। २०२३को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ । एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३% हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाख भन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३% सम्म बजार ओगट्ने प्रक्षेपण गरेको छ ।

एलजीले ओएलईडी टिभीहरु विगत लामो समय देखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL