काठमाडौं । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखलाहो, जसलाई प्रसिद्ध निर्माता, निर्देशकतथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्मभारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुतगरिएको यस श्रृंखलाको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशतदर्शक संख्या प्राप्तगर्दै इतिहास रचेको थियो । बीबीसीकाअनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रीृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो ।
‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमापुनः प्रसारण हुँदा एकै दिन ७.७ करोडदर्शक संख्या सहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ । यसै क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा रमाइलो टिभीमा हेर्न सकिने छ । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरुको लागि मात्र उपलव्ध रहेको छ ।