Logo

टीसीएल फेरि बन्यो ग्लोबल टप २ टीभी ब्रान्ड, यस्तो छ बजारमा उपस्थिति

टीसीएल फेरि बन्यो ग्लोबल टप २ टीभी ब्रान्ड, यस्तो छ बजारमा उपस्थिति



काठमाडौँ । टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।

laxmi

यो उपलब्धिको मूल कारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएका छन् । आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टीसीएल सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बनेको थियो ।

टीसीएलले गत वर्ष ९८ इन्च र सोभन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL