Logo

डिसहोमको थप २ नयाँ स्पोर्टस च्यानल, ३ महिनाको रिचार्जमा ३३ प्रतिशत छुट

डिसहोमको थप २ नयाँ स्पोर्टस च्यानल, ३ महिनाको रिचार्जमा ३३ प्रतिशत छुट


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

६ फागुन, काठमाडौं । डिसहोम टिभीले आइसीसी वल्र्डकप २०१५ लाई लक्षित गरी थप २ च्यानलको प्रसारण शुरु गरेको छ । कम्पनीले स्टार स्पोर्टस एचडी–१ र स्टार स्पोर्टस एचडी–२ च्यानल प्रसारण शुरु गरेको हो । साथै, ग्राहकले नयाँ २ च्यानलका लागि थप शुल्क तिर्नु नपर्ने डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताए । ।

डिसहोमले आईसीसी वल्र्डकप २०१५ र आईपीएल २०१५ को लागि बजार प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

ग्राहकको सेवा सुविधालाई लक्षित गर्दै डिसहोमले केही समय भित्रै थप १५ वटा एचडी च्यानल प्रसारण गर्ने बताएको छ । कम्पनीले ग्राहकको लागि सेवा शुल्कमा नयाँ योजना समेत ल्याएको छ । डिसहोमको एचडी कनेक्सन खरिद गर्ने ग्राहकले वेसिक एचडी, मिडिएम एचडी र डिलक्स एचडी प्याकेजहरुमा ३ महिनाको रिचार्ज गर्दा ३३ प्रतिशतभन्दा बढी छुट दिने बताएको छ । अर्थात ग्राहकले हाल ५ हजार ९ सय ९९ रुपैयाँ तिर्दै आएको रिचार्जको अव ३ हजार ९ सय ९९ रुपैयाँ मात्र तिर्नुपर्ने छ ।

स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले विगत ४ वर्ष देखि नेपालभर केवल सेवा प्रदान गर्दै आएको छ । हाल ४ लाख ५० हजार घरहरुमा उक्त सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । नेपालको भौगोलिक वनावटमा उपयुक्त रहेको उक्त सेवा विना तार जुनसुकै ठाउँमा सहजै जडान गर्न सकिनेछ ।

यस्तै डिसहोमले फेसबुक पेजमार्फत आईसीसी वल्डकप क्रिकेट २०१५ प्रतियोगिता समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL