Logo

पदभार ग्रहणपछि अर्थमन्त्री खनालको सन्देश : निजी क्षेत्रलाई खुसी बनाउने, सेवामा सुधार गर्दै राजस्व बढाउने

पदभार ग्रहणपछि अर्थमन्त्री खनालको सन्देश : निजी क्षेत्रलाई खुसी बनाउने, सेवामा सुधार गर्दै राजस्व बढाउने



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले निजी क्षेत्रलाई खुसी बनाएर राजस्व बढाउने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए।

“हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ”, उनले भने ।

अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताए । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताए । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताए । “जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्