Logo

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित



काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवामा समस्या आएको सेवाग्राहीहरुले बताएका छन् । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुमध्ये वर्ल्डलिंक, भायानेट, सुविसु, क्लासिकटेक सिजी नेटलगायतका सेवाप्रदायकहरुको सेवामा समस्या देखिएको हो ।

laxmi

खासगरी पछिल्लो ६ महिनादेखि इन्टरनेट सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाइडरहरुलाई ब्याण्डविथ आयात गरेको भुक्तानी दिन नपाएकाले जुनसुकै बेला इन्टरनेट काटिन सक्ने बताउँदै आएका थिए ।

यता संचार तथा सूचना प्रविधि मन्त्रालयले विभन्न ९ इन्टरनेट सेवाप्रदायकहरुलाई उनिहरुले तिर्नुपर्ने राजस्व नबुझाएको भन्दै विदेशी मुद्रा सटहीको सुविधा दिएको छैन । नेपालमा एकाएक इन्टरनेट सेवा डाउन हुँदा करिव ८५ लाख सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL