Logo

प्राधिकरणको अध्यक्ष नियुक्ती विरुद्धको रिट खारेज, उच्च अदालतले गर्याे अन्तरिम आदेश दिन अस्विकार

प्राधिकरणको अध्यक्ष नियुक्ती विरुद्धको रिट खारेज, उच्च अदालतले गर्याे अन्तरिम आदेश दिन अस्विकार



काठमाडौं । उच्च अदालत पाटनले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीको नियुक्ती गर्ने निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

laxmi

न्यायाधीशहरु ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा सहभागी रामदेव यादवको रिट निवेदनको सुनुवाइ गर्दै भण्डारीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेकाे हाे ।

दवाडीले भण्डारीको नियुक्ती कानुनसम्मत नभएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयले कानुन विपरित सूचना प्रकाशित गरी प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया अघि बढाएको भन्दै सर्वाेच्च अदालतमा पनि रिट दायर भएको थियो । उक्त रिटमा पनि सर्वाेच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL