Logo

लाईसेन्स नविकरण गर्दैनन् इन्टरनेट सेवाप्रदायक, दुई कम्पनीको अनुमतिपत्र खारेज

लाईसेन्स नविकरण गर्दैनन् इन्टरनेट सेवाप्रदायक, दुई कम्पनीको अनुमतिपत्र खारेज



काठमाडौं । पछिल्लो समय आफ्नो अनुमतिपत्र नविकरण नगरेपछि दुई इन्टरनेट सेवाप्रदायकको लाईसेन्स खारेज भएको छ । नेपाल दूरसंचार प्राधिकरणले समयमै आफ्नो अनुमतिपत्र नविकरण नगरेको भन्दै दुई कम्पनीको लाईसेन्स खारेज गरिदिएको हो ।

laxmi

यसरी खारेजीमा पर्ने कम्पनीमा गल्कोट लिंक प्रालि र सुर्खेत केबल नेट टिभी प्रालि छन् । उनीहरु दुबै कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित_ सेवाको अनुमतिपत्र प्राप्त गरी समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५९५० बमोजिम स्वतः खारेज भएको हो । यस्तै यी दुई कम्पनील्े प्राधिकरणलाई बुझाउनुपर्ने रकम ३० दिन भित्र बुझाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL