Logo

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी प्रदर्शनका क्रममा सुरक्षाका निम्ति नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो ।

गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली हाल भक्तपुरको गुण्डुमा सरेका छन् । सुरक्षा स्रोतका अनुसार उनका लागि त्यहाँ भाडाको घर लिइएको हो । यसअघि बालकोटस्थित ओलीको घर प्रदर्शनकारीले जलाएका कारण उनी नयाँ वासस्थानमा सरेका हुन् ।

ओलीलाई गुण्डु बसाइँसराइ गराउने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्