Logo

सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन, लाइसेन्स हुँदासम्म सेवा दिन आग्रह

सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन, लाइसेन्स हुँदासम्म सेवा दिन आग्रह



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको तेस्रो ठुलो दूरसंचार सेवाप्रदायक मानिएको स्मार्ट टेलिकमलाई आफ्नो सेवा बन्द नगर्न निर्देशन दिएको छ । पछिल्लो समय स्मार्ट टेलिकमले सेवाग्राही भएका स्थानमा पनि भटाभट सेवा बन्द गर्ने गरेको गुनासो आएपछि प्राधिकरणले सूचना जारी गरेरै सेवा सूचारु नै राख्न निर्देशन दिएको हो ।

laxmi

अर्बाै रुपैयाँ बक्यौता सरकारलाई तिर्न बाँकी रहेको स्मार्टको अनुमतिपत्रको म्याद बैशाख २ सम्म मात्रै छ । सरकारले कम्पनीको सम्पत्ती कब्जामा लिएर लाइसेन्स जफत गर्ने तयारी गरिरहेको कुरा बाहिर आउँदै गर्दा स्मार्ट टेलिकमले आफ्नो सेवा प्रवाहमा लापर्वाही गरिरहेको बताईएको छ ।

अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्त दुरुस्त रूपमा सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL