Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ योजना, अब ६.२९ प्रतिशतमै गाडी कर्जा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ योजना, अब ६.२९ प्रतिशतमै गाडी कर्जा



काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको उक्त योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् ।

यस योजनाअनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो ब्याजदर २०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरेर तोकिएको हो ।

बैंकले चाडपर्वको उत्सवमा नयाँ गाडी किन्न चाहने ग्राहकलाई थप सहजता हुने अपेक्षा गरेको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यो सुविधा बैंकका देशभरका शाखाबाट लिन सकिनेछ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम तथा ६० शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This