Logo

भारतसँग इन्टरनेट किनेको पैसा तिर्ने बाटो खुल्यो, संचार मन्त्रालयले दियो सहमति

भारतसँग इन्टरनेट किनेको पैसा तिर्ने बाटो खुल्यो, संचार मन्त्रालयले दियो सहमति



काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानीका लागि बाटो खुलेको छ । इन्टरनेट सेवाप्रदायकले विदेशी मुद्रा भुक्तानीको बाटो नखोले इन्टरनेट सेवा नै अवरुद्ध पार्न सक्ने चेतावनी दिएपछि सरकारले यसको बाटो खोलिदिएको हो । नेपालका इन्टरनेट सेवाप्रदायकले विदेशबाट ब्याण्डविथ आयात गरेर वितरण गर्ने गरेका छन् । जसको शुल्क उनीहरुले डलरमा तिर्नुपर्छ ।

laxmi

त्यो डलर सटहीका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस गरिदिनुपर्छ । तर, सरकारले इन्टरनेट सेवाप्रदायकको नाममा सरकारलाई बुझाउनुपर्ने बेरुजु बाँकी रहेको भन्दै डलर सटहीको सुविधा रोकिदिएको थियो । जसका कारण विदेशबाट ब्याण्डविथ आयात हुने बाटो नै बन्द हुनेगरी विदेशी कम्पनीले चेतावनी दिएको सेवाप्रदायक बताउँछन् ।

नेपाललाई ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी आएको आईस्पानका अध्यक्ष सुधिर पराजुली बताउँछन् । जसका कारण नेपालमा इन्टरनेट सेवा नै बन्द हुनसक्ने अवस्था आउन सक्थ्यो । नेपाली इन्टरनेट सेवाप्रदायकले पछिल्लो ५ महिनादेखि ब्यान्डविथ आयात गरेबापतको शुल्क तिर्न सकेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले इन्टरनेटको मर्मत शुल्कबापत कमाएको पैसामा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क नतिरेपछि आर्थिक वर्ष २०७४÷७५मा सेवा प्रदायकबाट बेरुजु उठाउनुपर्ने बताएको थियो । सोही बेरुजु नतिरेसम्म विदेशी मुद्रा सटहीको सिफारिस नदिने संचार मन्त्रालयले बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL