Logo

प्राकृतिक विपत्तिले विश्वभर बीमा कम्पनीहरु संकटतर्फ, जोखिम बहनको मोडल परिवर्तन गर्न माग

प्राकृतिक विपत्तिले विश्वभर बीमा कम्पनीहरु संकटतर्फ, जोखिम बहनको मोडल परिवर्तन गर्न माग



काठमाडौं । पछिल्लो समय इन्सुरेन्स(बीमा) कम्पनीहरु विभिन्न प्राकृतिक विपत्तिका कारण उत्पन्न परिस्थितिको सामाना गरिरहेका छन् ।

laxmi

पछिल्लो समय फैलिएको कोरोना भाईरसको महामारीका कारण बीमा दावी भुक्तानीमा हालसम्मकै उच्च चाप बेहोरेका बीमा कमपनीहरुमाथि सन् २०२० थप चिन्ताजनक हुने देखिएको छ । सन २०२० लाई हालसम्मकै तातो बर्ष मानिएको छ ।

यसले बीमा कम्पनीहरु फेरि अर्को प्राकृतिक विपत्तिबाट उत्पन्न हुनसक्ने क्षतिको भुक्तानीका लागि तयार हुनुपर्ने देखिएको छ । बीमा कम्पनी ‘स्विस रे’का अनुसार सन २०१९ मा पर्यावरणसम्बन्धी क्षतिले विश्व अर्थतन्त्रमा १ सय ३७ बिलियन डलरको नोक्सान गरेको थियो ।

विश्वमा पर्यावरणीय दुर्घटनाहरु प्रत्येक बर्ष बढिरहेकाले नोक्सानी बर्षेनी बढिरहने विज्ञहरु बताउँछन् । ८० को दशकको तुलनामा यस्तो नोक्सान ६६० प्रतिशतले बढेको छ । उक्त असर सबैभन्दा बढी अमेरिकाको क्यालिफोर्नियामा देखिएको विज्ञहरु बताउँछन् ।

उक्त क्षेत्रमा सन २०१७ र २०१८ मा जंगलमा आगो लागेपछि बीमा कम्पनीहरुको नाफालाई २५ बर्ष पछाडि धकेलिदिएको थियो । यसरी बीमा दावी सन् २०५५ सम्ममा २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

क्यालिफोर्निया बीमा कमिस्नरका अनुसार पछिल्लो २ बर्षमा जंगलमा आगो लागेपछि परेको बीमा दावीले बीमा क्षेत्रलाई नै ठुलो क्षति वेहोर्न बाध्य बनायो । बीमा प्रोडक्टमा पनि क्षति पुग्यो । क्यालिफोर्निया आगलागीबाट १० बर्षदेखि पीडित छ । तर, सन २०१८ मा भने सबैभन्दा ठुलो असर परेको उनी बताउँछन् ।

प्याराडाईज क्याम्प फायरले ९५ प्रतिशत मानिसलाई एक घण्टाको अवधिमा ठुलो क्षति निम्त्यायो । १९ हजार घर जलेर नष्ट हुँदा धेरै मानिसहरुले ज्यान समेत गुमाए । म्युनिक रेका अनुसार उक्त बर्ष क्यालिफोर्नियाको बीमा क्षेत्रले १८ बिलियन डलरको नोक्सान बेहोर्नुपर्याे । तर विश्वभरी प्राकृतिक विपदले सन २०१८ मा २२५ बिलियन डलरका नोक्सान बेहोर्नुपरेको थियो ।

बीमा दावीले बीमा कम्पनीलाई नराम्रो असर पारिरहेको बताउँदै कतिपय कम्पनीहरुले आगलागी हुने क्षेत्रका बासिन्दाका लागि ल्याईएको बीमा पोलिसी नै खारेज गर्ने अवधारणा बनाएका छन् । कम्पनीहरुले बीमा पोलिसी नै खारेज गर्ने भएकाले बीमा नियमनकर्ताले एक बर्षका लािग कसैले बीमा पोलिसी बन्द गर्न नपाउने गरी नीति बनाउन बाध्य हुनुपर्याे ।

प्याराडाईजबासीहरुले पछिल्लो १८ महिनामा धेरै नोक्सानी बेहोरे । त्यसमा पनि आगो लागेको निभाउँदै आफ्ना समुदाय पुनर्निर्माणमा लागेर आफ्नो समुदाय निर्माण गरे । तर ईन्स्योरेन्स कम्पनीमार्फत १३ दशमलव ५ मिलियनको सेटलमेन्टपछि । तर बीमा नियमनकर्ताले उनीहरुको नोक्सान बेहोर्नसक्ने फण्ड छ कि छैन भन्नेमा अन्यौलता सिर्जना गरिदिएको थियो । यो विश्वकै दोस्रो वा तेस्रो बीमा सेटलमेन्ट थियो । तर सामान्यरुपमै सेटलमेन्ट गर्न सकियो । जनताको नोक्सान बेहोर्न सकियो ।

यसरी प्राकृतिक प्रकोपले बीमा क्षेत्रमा ठुलो क्षति पुर्याईरहेको अवस्थामा बीमा कम्पनीलाई आफ्नो कम्पनी धान्न नै अप्ठ्यारो अवस्था आएको बताईन्छ । त्यसैले कम्पनीहरुले कि बीमा पोलिसीमा परिवर्तन गर्न कि नयाँ बीमालेख ल्याउने योजना बनाउन आवश्यक देखिने जानकारहरुको धाराणा छ । तर, प्रायः बीमा कम्पनीहरु भने बीमा पोलिसीको मोडललाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिईरहेका छन् । – याहु फाइनान्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL