Logo

बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया

बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया



काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले १४ उम्मेदवारको नाम सार्वजनिक गरेको छ। भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत आएका विवरणहरूको अध्ययन गरी योग्य ठहरिएका उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो।

नामावलीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन्। सार्वजनिक सूचीमा परेकाहरूमा घनश्याम बुधाथोकी (ललितपुर), चिरञ्जीव पाण्डे (काठमाडौं), पारस कार्की (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्दकाजी श्रेष्ठ (काठमाडौं), डा. दामोदर बस्नेत (कास्की), चिरञ्जीवी शिवाकोटी (काठमाडौं), ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार कर्ण (मोरङ), प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ), डा. गंगाधर ढकाल (काठमाडौं), रामकृष्ण न्यौपाने (दाङ), रमेशकुमार भण्डारी (काठमाडौं) र महेन्द्र न्यौपाने (भक्तपुर) रहेका छन्।

अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार समितिले अब आवश्यक प्रक्रिया पूरा गरी अध्यक्ष पदमा नियुक्तिका लागि योग्य उम्मेदवारमध्ये एकजनाको नाम सिफारिस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्