Logo

बजेटको ओझेलमा निर्जीबन बीमा कम्पनीको लाइसेन्स, अनुमति कहिले ?

बजेटको ओझेलमा निर्जीबन बीमा कम्पनीको लाइसेन्स, अनुमति कहिले ?


बिजखबर संवाददाता
0
Shares

काठाडमौं । बीमा समितिले जीबन बीमा कम्पनीलाई संचालन अनुमति दिएपनि निर्जीबन बीमा कम्पनीलाई भने दिएको छैन । जीबन र निर्जीबन बीमा कम्पनीलाई एकै पटक लाइसेन्स लिनका लागि पत्राचार गरेपनि निर्जीबन बीमा कम्पनीलाई भने हालसम्म अनुमित प्रदान गरिएको छैन ।

जीबन र निर्जीबन दुबै कम्पनीलाई कागजात पेश गर्न एउटै समयसीमा दिएपनि बजेटका कारणले गर्दा टुङ्गो लगाउन नसकिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘लाइसेन्सका लागि आवेदन दिएका निर्जीबन बीमा कम्पनीले पनि सम्पूर्ण कागजात पेश गरिसकेका छन्,’ उनले भने, ‘सो विषयमा केही समयभित्रै टुङ्गो लाग्नेछ ।’

बीमा समितिमा सानिमा, आईवीएन, जनरल, मनकामना र आजोडले निर्जीबन बीमा कम्पनी संचालनका लागि आवेदन दिएका थिए । ती कम्पनीले कम्पनी रजिष्टारमा दर्ता भएर समिति समक्ष लाईसेन्स माग गरेका थिए । उनीहरुले पनि आवश्यक कागजात पेश गरिसकेको र केही समयभित्रै लाईसेन्स जारी गरिने चापागाईँले जानकारी दिए ।

जीबन बीमा कम्पनीको लाइसेन्स दिनका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गर्नुपर्छ । जस अनुसार १० वटा कम्पनीलाई संचालन अनुमति दिइसकिएको छ । तर, निर्जीबन बीमा कम्पनीको लाइसेन्स समिति आफैले दिन सक्ने भएकाले सो विषयमा छलफल भइरहेको र केही दिनमा टुङ्गो लगाइने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL