Logo

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि



काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशमा २ खर्ब १७ अर्ब ९१ करोढ १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले जम्मा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै मालवस्तु निर्यात गरेको थियो ।

यस्तै यसै अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो ।

गत आवको यहि अवधिमा १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यसरी आयात र निर्यातको व्यापार बढ्दा यता व्यापारघाटामा पनि यसको प्रभाव देखिन्छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा नेपालले १२ खर्ब ५६ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको देखिन्छ । यो पनि गत आवको तुलनामा ६ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्