Logo

नेपालको वैदेशिक व्यापार : १० महिनामा १३ खर्बको आयात, सवा १ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापार : १० महिनामा १३ खर्बको आयात, सवा १ खर्बको निर्यात



काठमाडौं । नेपालको वैदेशिक व्यापार पछिल्लो समय प्रतिवर्ष नाजुक बन्दै गएको छ । नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरी खपत गरेको देखिएको हो ।

laxmi

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म मात्रै नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बढीको वस्तु आयात गरेको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने केहि कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसरी १० महिनामै १३ खर्ब बढीको वस्तु आयात गरेको नेपालले यहि अवधिमा निर्यात भने जम्मा सवा खर्ब आसपासमा मात्रै गरेको देखिन्छ । भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।

आयात उच्च र निर्यात न्युन हुँदा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापारघाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL