Logo

नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, आयात–निर्यात दुबै ओरालो

नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, आयात–निर्यात दुबै ओरालो



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ९ महिनामा साढे १० खर्ब बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

laxmi

यस अवधिमा नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवको ९ महिनामा नेपालबाट हुने निर्यातको व्यापार ३.६६ प्रतिशतले घट्दा आयातको व्यापार पनि २.८४ प्रतिशतले घटेको छ ।

यता नेपालले गर्ने व्यापारघाटामा पनि गत आवको यहि अवधिको तुलनामा केहि गिरावट आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार गत आवको पहिलो ९ महिनामा १० खर्ब ८३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा व्यापारघाटा २.७५ प्रतिशतले घटाएर १० खर्ब ५३ अर्ब पुर्याएको हो ।

हाल नेपालको कुल वैदेशिक व्यापारमा ९१.११ प्रतिशत आयातको र बाँकी ८.८९ प्रतिशत हिस्सा निर्यातको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL