Logo

महंगियो नेपालीको भान्सा, मूल्यवृद्धि ८ प्रतिशत नजिक

महंगियो नेपालीको भान्सा, मूल्यवृद्धि ८ प्रतिशत नजिक



काठमाडौं । बैशाखा महिनामा नेपालमा मुद्रास्फीति करिव ८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८७ प्रतिशत पुगेको हो हो ।

laxmi

गत आर्थिक बर्षको वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ४५ प्रतिशत रहेको छ । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ५ दशमलव ८४ प्रतिशत रहेको छ ।

गत आवको बैशाखको तुलनामा चालु आवको बैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ ।

यस्तै चालु आवको ब्रशाखमा काठमाडौं उपत्यकामा ७ दशमलव ३९ प्रतिशत, तराईमा ८ दशमलव १५ प्रतिशत, पहाडमा ७ दशमलव ८९ प्रतिशत र हिमालमा ८ दशमलव २१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ३ दशमलव ६२ प्रतिशत, ३ दशमलव ५१ प्रतिशत, ४ दशमलव १४ प्रतिशत र १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL