Logo

आइपीओ रिजल्ट हेर्न अब सहज : सीडीएसले ल्यायो नयाँ वेवसाइट, इडीआइएस गर्ने समय पनि थप

आइपीओ रिजल्ट हेर्न अब सहज : सीडीएसले ल्यायो नयाँ वेवसाइट, इडीआइएस गर्ने समय पनि थप



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपीओ) को नतिजाका लागिसहज व्यवस्था गरेको छ ।

laxmi

शुक्रबार महिला लघुवित्तको नतिजा सहज रुपमा हेर्न नपाएपछि लगानीकर्ताले सिडिएसको कडा आलोचना गरेका थिए । यससँगै सीडिएसले आइपीओ नतिजाका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको छ ।

जसमा आएपीओको नतिजामात्र राखिने र सहज रुपमा नतिजा हेर्न सकिने सिडिएसले जनाएको छ ।

नतिजाका लागि आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी https://iporesult.cdsc.com.np पोर्टल लगइन गर्नुपर्नेछ । शुक्रबार सार्वजनिक महिला लघुवित्तको आइपीओको नतिजासमेत अब यसैमार्फत हेर्न सकिने सीडीएसको भनाई छ ।

यसैगरी मेरो सेयर सफ्टवेयर नचलेका कारण गत बिहीबार भएको सेयर कारोबारको इडीआइएस आइतबार बिहान ७ बजेसम्म गर्न सकिने पनि सीडीएसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL