काठमाडौं । भदौ २४ गते मंगलबार सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा बन्द हुने भएको छ । जेनजीको प्रदर्शन रोक्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेपछि सीडीएससीले आफ्नो सेवा पनि बन्द गरेको हो ।
देशका विभिन्न सहरमा पनि कफ्र्यु लगाइएका कारण आज सेवा सञ्चालन नहुने सीडीएससीले जनाएको छ । यसदिन केन्द्रीय निक्षेपको सेवा तथा धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट सेवासँग सम्वन्धी सबै काम बन्द जनाएको छ । जसअनुसार आज निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंकलगायतका सेवा बन्द हुनेछ ।