Logo

९० हजारमा झरेको सुनको मूल्य फेरि बढ्यो, बिहीबार एकै दिन प्रतितोला १ हजार ६ सयले बृद्धि

९० हजारमा झरेको सुनको मूल्य फेरि बढ्यो, बिहीबार एकै दिन प्रतितोला १ हजार ६ सयले बृद्धि



काठमाडौं । नेपाली बजारमा केहीदिन अघि निरन्तर घटेर ९० हजार प्रतितोला आइपुगको सुनले फेरि उकालो बाटो समाएको छ । बुधबार ५ सयले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुन एकैदिन १ हजार ६ सयले बढेर ९२ हजार ६०० प्रतितोलामा कारोबार भइरहेको छ ।

laxmi

यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । गत हप्ता पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो ।

साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL