काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढ्दै प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै २ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।