Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ सय ७० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार प्रतितोला २ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आईतबार बढेको हो ।

प्रतिक्रिया दिनुहोस्