Logo

काठमाडौंमा भू–प्रकोपसम्बन्धी सम्मेलन शुरु, १३ देशका १ सय २० प्रनिनिधिको सहभागिता

काठमाडौंमा भू–प्रकोपसम्बन्धी सम्मेलन शुरु, १३ देशका १ सय २० प्रनिनिधिको सहभागिता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ मंसिर, काठमाडौं । काठमाडौंमा विहीबारदेखि भू–प्रकोपसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शरु भएको छ । सम्मेलनमा विभिन्न देशका भू–प्रविधी विज्ञ र वैज्ञानिकहरु कुल गरी १ सय २० जनाको सहभागिता रहेको छ । भू–प्रविधि समाज नेपालले आयोजना गरेको उक्त सम्मेलनमा ६० ओटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
बिशेष गरी सम्मेलनमा पहिरो भूकम्प, भवनको जगलगायत भू–प्रकोपको अन्तरराष्ट«िय अनुभव साटासाट गर्न, नेपालको अवस्थाबारे बुभ्mन र यसबाट हुने सम्भावित खतरालाई न्युनिकरण गर्ने सम्भावनाबारे छलफल हुने सम्मेलन प्रमुख तथा भू–प्रविधि समाज नेपालका अध्यक्ष टुकलाल अधिकारले बताए । हाल पूर्वाधार निर्माणका काम अगाडि बढिरहेको अवस्थामा जमीनको सतहभन्दा भित्रको स्वरुपलाई कसरी बुभ्mने भन्ने विषयलाई बुझाउन सम्मेलनले सहयोग पु¥याउने अधिकारी बताउँछन् । ‘सम्मेलनले ढल, पहिरो, बाढी प्रकोपलाई व्यवस्थापन र न्यूनीकरण गर्न तथा सुरक्षित पूर्वाधार निर्माणर्ला मुख्य प्राथमिकता दिने छ,’ उनले भने, ‘भू–प्रकोपसम्बन्धी अध्ययन गरेका जनशक्तिलाई अन्तरराष्ट्रिय प्रवद्र्धनमा अवभिबृद्धि गर्न समेत सम्मेलनले सहयोग गर्नेछ ।’
सम्मेलनलाई सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रिजालले ‘भू–प्रकोपसम्बन्धी जानकारी तल्ला तहमा आवश्यक रहेको र सम्मेलनले त्यस तहसम्म जनचेतना फैलाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । यस्तै, प्राकृतिक प्रकोपको असर कम गर्न र रोकथाम गर्नमा सम्मेलन महत्वपूर्ण भुमिका निर्वाह गर्ने इण्टरनेशनल सोसाइटी फर सोयल मेकानिक्स् एण्ड जिओटेक्निकल इञ्जिनियरिङका उपाध्यक्ष इकुओ टोहाटाले बताए । सम्मेलनमा जापान, कोरीया, भारत लगायत १३ देशको सहभागिता रहेको छ । उक्त सम्मेलन २ दिनसम्म चल्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL