Logo

नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर ऋण, ऊर्जा क्षेत्र र कोरोना संकटपछिको सुधारमा खर्च हुने

नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर ऋण, ऊर्जा क्षेत्र र कोरोना संकटपछिको सुधारमा खर्च हुने



काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत यो ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको ऊर्जा क्षेत्र र कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा खर्च हुनेछ ।

डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत विश्व बैंकले नेपालको नीतिगत, नियामकीय र संस्थागत सुधारका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यसैअनुसार, यसपटक विद्युत क्षेत्रका लागि ऋण स्वीकृत गरेको हो । ऋण स्वीकृत गर्दै विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जेर्भोसले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सुधारका लागि सहयोग गरिरहेको बताएका छन् ।

संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्वबैंकले ऋण लगानी गरेको निर्देशक फारिस हजाड जार्भोसले बताए ।

नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारणलाइन बनाउन जरुरी रहेको पनि विश्वबैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL