Logo

मध्यपश्चिममा प्रशारणलाइन विस्तार गर्न ठेकेदार छनौट, लागत साढे ११ करोड

मध्यपश्चिममा प्रशारणलाइन विस्तार गर्न ठेकेदार छनौट, लागत साढे ११ करोड


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मध्यपश्चिममा प्रशारण लाइन विस्तार गर्न ठेकेदार (कन्ट्रयाक्टर) छनोट गरेको छ । सुर्खेत–गंगटे–मटेला–जाजरकोट ३३ केभी प्रशारण लाइनको निर्माण गर्न प्राधिकरणले वाइबा इन्फोटेकलाई छानेको छ ।

यो योजना निर्माण गर्न वाइबा इन्फोटेकले ५ करोड १० लाख ९५ हजार रुपैयाँको लागत कबोल गरेको थियो । त्यस्तै, सुर्खेत–बाबियाचौर सबस्टेशनसम्म ३३ केभी प्रशारणलाईन निर्माण गर्न त्रिपुरेश्वर र जयदुर्गे कम्पनीलाई संयुक्त ठेक्का दिएको छ । सो को लागि लागत ४ करोड ६८ लाख रुपैयाँ खर्च लाग्नेछ ।

त्यस्तै, दाङको कोइलाचौरु–बूढागाउँ–जुँगार ११ केभी प्रशारण लाइन निर्माणका लागि पनि त्रिपुरेश्वर र जयदुर्गे जेभीले नै ठेक्का पाएको छ । सो प्रशारण लाइन मर्मतका लागि भने १ करोड ६४ लाख रुपैयाँ लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।

NEA

प्रतिक्रिया दिनुहोस्
MBL