Logo

गत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब

गत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च भने १ खर्ब २९ अर्ब ८१ करोड पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताएका छन् । यो अवधिमा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.६ प्रतिशत पुगेको छ । विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको छ ।

शाक्यका अनुसार सञ्चालन खर्च, ब्याजखर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ । आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ ।

उनले भने, ‘गत वर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५ सय ९५ घण्टा विद्युत ट्रिप भएको थियो । जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाइने छ। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४ सय ३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २ सय ८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष प्राधिकरणले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय विद्युत् निर्यातको सम्झौता भएको छ । जसअनुसार बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरूवात भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्