Logo

दुर्घटनाको प्रमुख कारण हेलमेट नै हो ?, विभागसँग सल्लाह नै नगरी कसरी चल्यो हल्ला, महानिर्देशक भन्छन यो सम्भव छैन

दुर्घटनाको प्रमुख कारण हेलमेट नै हो ?, विभागसँग सल्लाह नै नगरी कसरी चल्यो हल्ला, महानिर्देशक भन्छन यो सम्भव छैन



काठमाडौं । आईतबार बेलुकादेखि मोटरसाईकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने भन्ने चर्चा एकाएक चुलियो । २०६५ सालमा लागु गरिएको उक्त निएम पुनः ११ बर्षपछि लागु गर्न लागिएको भन्दै कोही यसको आलोचना गर्न लागे त कसैले सुरक्षाको हिसावले राम्रो पनि हो भन्ने निष्कर्श निकाले ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले आईतबार एक कार्यक्रममा मोटरसाईकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम ल्याउने भन्दै गर्दा चौतर्फी मिडियामा पनि यसको ठुलै चर्चा समेत भयो । तर २०६५ सालमा ल्याइएको उक्त नियम कसले कसरी ल्यायो र कसरी उक्त नियम पतन भयो भनेर कसैले सोधीखोजी भने गरेनन ।
तर ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले बोलेको उक्त भनाइका आधारमा चर्चा चुलिएपनि यातायात ब्यवस्था विभागमा भने यसको बारेमा हालसम्म कुनै जानकारीसम्म नभएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

सवारीसाधनको नियमन गर्ने विभागसँग कुनै सल्लाह नगरी उक्त चर्चा आएको उनको भनाई छ । उच्च ब्यापारघाटा बढाउने र अर्बाैको ब्यवसायलाई असर गर्ने गरी बोलिएको उक्त भनाई विभागसँगको सल्लाहविनै आउनु आश्चर्यजनक रहेकोे महानिर्देशक दाहालको भनाई छ ।

सुरक्षाकै कारण मोटरसाईकलको पछाडी बस्ने ब्यक्तीले हेलमेट अनिवार्य लगाउनुपर्ने भन्ने ब्यवस्था गलत रहेको समेत उनको तर्क थियो । सुरक्षाकै दृष्टिकोणले हेर्ने हो भनेपनि हेलमेटको कमीले मात्रै मान्छेको ज्यान भने जाने होईन । हेलमेटको कमीले पनि यात्रुको मृत्यु त हुन्छ तर यसको योगदान भने जम्मा १० प्रतिशत मात्रै हुने उनको भनाई छ ।

हाल नेपालभर २० लाखभन्दा बढी दुईपाँग्रे सवारीसाधन विभागमा दर्ता छन । उक्त मोटरसाईकलहरुले प्रत्येकले १ नयाँ हेलमेट किनेपनि २० लाखओटा हेलमेटको खपत हुन्छ । साथै गुणस्तर तथा नापतौल विभागले मापदण्ड तोकिदिएर हाल प्रयोग गरिरहेका हेलमेटको गुणस्तरमा कमी देखाएमा प्रत्येक मोटरसाईकलले २ ओटा नयाँ हेलमेट किन्नुपर्ने हुन्छ यसले नेपालमा ४० लाख हेलमेटको खपत एकैचोटी हुने देखिन्छ ।

अहिले केही ब्यापारीहरुले नै ट्राफिक प्रहरीको मिलेमतोको आधारमा प्रमुख पन्तलाई सार्वजनिक कार्यक्रममा उक्त कुरा बोल्न लगाएको नाम नखुलाउने सर्तमा एक विज्ञले बिजखबरलाई बताए । हाल ब्यापारीहरुले नै आफुसँग स्टोरमा थुप्रिएर बसेको हेलमेट विकाउनका लागि पनि ट्राफिक प्रहरीसँग मिलेर उक्त लविङ गरिरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन ।

हेलमेट लागु गर्ने कुरा हाल कुनै कानुनमा छैन । २०६५ सालमा पनि ब्यबसायीकै हितमा ल्याईएको उक्त नियम विस्तारै हट्यो र यसलाई फेरी ब्युझाउने कोशिस गरिएको कतिपयको आरोप छ ।
तर यात्रुको सुरक्षाका लागि पछाडी बस्नेले हेलमेट लगाउनुपर्ने भएपनि मोटरसाईकल दुर्घटनाका अन्य थुप्रै कारणहरु छन ती कारणहरुलाई पनि सँगै समाधान गर्दै लैजानुपर्ने विभागका महानिर्देशक दाहालको भनाई छ । ‘हाम्रो छिमेकी देश भारतकै कतिपय राज्यमा मोटरसाईकल चढ्दा हेलमेट लगाउनुपर्र्दैन तर पनि दुर्घटना कमै हुन्छन,’ उनले भने, ‘यसले दुर्घटनाको प्रमुख कारण हेलमेट मात्रै होईन भन्ने देखाउँछ ।’

उनका अनुसार मोटरसाईकल दुर्घटना हुनुमा मोटरसाईकलको गती, सडक नियम, अब्यवस्थित ड्राईभिङ, असिमित लाईसेन्स वितरण लगायतका कारकहरु प्रमुख हुन । जसको राम्रो ब्यवस्थापन हुन नसक्दा नै सडक दुर्घटना हुने क्रम बढेको छ । तर एक्कासी विभागसँग सल्लाह नै नगरी यो नियम आउँछ भन्नु अली अश्वाभाविक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL